काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटलमा म्यान्चेस्टर युनाइटेडले उल्भ्सलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
शनिबार राति उल्भ्सको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युनाइटेड एक शून्य गोलले विजयी भएको हो ।
युनाइटेडको जितमा मार्कश राशफोर्डले गरेको एक गोल नै निर्णयक बन्यो । मार्कश राशफोर्डले खेलको ७६औं मिनेटम गोल गरे ।
उक्त जितसँगै म्यानचेस्टर युनाइटेड लिगमा चौथो स्थानमा उक्लिएको छ । युनाइटेडको १६ खेलमा ३२ अंक भएको छ । त्यस्तै वोल्भ्सको १७ खेलमा १३ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।



