शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आर्सनलको सहज जित

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 323
    SHARES
  • आर्सनलको सहज जित

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्राइटनमाथि सहज जित निकालेको छ ।

    images

    शनिबार राति सम्पन्न भएको खेलमा आर्सनलले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

    आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, एडल एनकेटियाह र गाब्रियल मार्टिनेल्लीले एक एक गोल गरेका थिए ।

    images

    त्यस्तै ब्राइटनका लागि काओरु मिटोमा र इभान फर्गुसनले एक एक गोल गरेका थिए ।

    उक्त जितसँगै आर्सनलले प्रिमियर लिगमा आफ्नो अग्रता बढाएको छ । गएराती नै भएको अर्को खेलमा म्याचेस्टर सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएपछि आर्सनलले दोस्रो स्थानमा रहेको सिटीसँग ७ अंकको अग्रता बनाएको हो ।

    आर्सनलको १६ खेलमा ४३ अंक भएको छ भने म्यानचेस्टर सिटीको १६ खेलमा ३६ अंक भएको छ । त्यस्तै ब्राइटनको भने १६ खेलमा २४ अंक छ र लिगमा आठौ स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग