शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आहा रारा पोखरा गोल्डकपमा मछिन्द्र र चर्च ब्वाइज भिड्दै

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 256
    SHARES
  • आहा रारा पोखरा गोल्डकपमा मछिन्द्र र चर्च ब्वाइज भिड्दै

    पोखरा । आहा ! रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत आज दोस्रो क्वाटफाइनलको खेल हुँदैछ । 

    images

    आज हुने खेलमा ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्बल र चर्च ब्वाइज युनाइटेड बिच हुने छ । यो खेल पोखरा रंगशालामा दिउँसो २ बजेबाट सुरु हुनेछ । 

    जारी प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज आजको खेलमा मछिन्द्र क्लबमाथि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्न चाहान्छ । यस अघि प्रि क्वाटफाइनलमा नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २१ गोलले हराउँदै चर्चले मछिन्द्रसँगको भेट पक्का गरेको हो भने मछिन्द्र सिधै बाइ पाएर क्वाटफाइनलमा आएको हो ।

    images

    यस्तै हिजो भएको पहिलो क्वाटफाइनलमा खेलमा साविको विजेता एपिएफ फुटबल क्लब विजयी भएको छ । 

    पोखरा रंगशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २९० गोलले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । 

    एपिएफको जितमा बिकु तामाङ र युवराज खड्काले समान एक एक गोल गरे । उक्त दुबै गोल पहिलो हाफमा सम्भव भएको थियो । 

    पहिलो हाफको खेलको ३७औं मिनेटमा एपिएफका बिकुले गोल गरि सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै त्यसको ३ मिनेटपछि युवराजले गोल गरि पहिलो हाफमै एपिएफलाई २९० गोलको अग्रता दिलाए । 

    त्यसपछि दोस्रो हाफमा थप कुनै टोलीबाट गोल नहुँदा एपिएफ २९० गोलले विजयी भयो । यो जितसँगै एपिएफले फाइनल प्रवेशको लागि त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब काठमाडौंबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । यस पटक साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

    यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # आहा ! रारा पोखरा गोल्डकप