शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनकपुरलाई १८१ रनको लक्ष्य

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 258
    SHARES
  • जनकपुरलाई १८१ रनको लक्ष्य

    काठमाडौं । रायन बर्ल र सुनाम गौतमको ८४ रनको साझेदारी पश्चात काठमाडौं नाईट्सले जनकपुर रोयल्सलाई १८१ रनको लक्ष्य दिएको छ ।

    images

    टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । 

    काठमाडौंका लागि सुनाम गौतमले ४७ बलमा ६२ रनको अर्धशतकिय ईनिङ खेले । रायन बर्लले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ६१ रनको अर्धशतकीय ईनिङ खेल्दा एलेक्स ब्लेक २० रनमा आउट भए । 

    images

    अजमतुल्लाह उमजाईले १० रन बनाउँदा लोकेश बम ७ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल भने यस लिगमा तेस्रो पटक डगआउट भए । 

    जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले समान १ विकेट लिए ।

    पाँच खेलमा चार जित निकालेको जनकपुर आजको खेल सहज रुपले जितेर र्शीष स्थानमा उक्लिन चाहान्छ । जनकपुर ५ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । 

    चार खेल खेलेर समान २र२ जित तथा हार हात पारेर ४ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

    यही संस्करणको पहिलो भेटमा काठमाडौंले जनकपुरलाई ५३ रनले हराएको थियो ।

     

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :