शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लुम्बिनीद्वारा विराटनगरलाई १२३ रनको लक्ष्य

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 307
    SHARES
  • लुम्बिनीद्वारा विराटनगरलाई १२३ रनको लक्ष्य

    काठमाडौं । नेपाल टी२० लिग अन्तर्गत आज आइतबार जारी दोस्रो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङलाई १२३ रनको लक्ष्य दिएको छ । 

    images

    त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन बनाएको थियो । 

    लुम्बिनीका लागि कपतान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रन बनाए । कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३ रनमा आउट भए । 

    images

    विराटनगरका लागि विवेक यादव, सुर्य तामाङ र नन्दन यादवले समान २ विकेट लिए । कियोन जोसेफ र राज नाननले समान १ विकेट लिए ।

    ६ खेल खेलेर ५ जित हात पारेको लुम्बिनी छैठौं जितको खोजीमा रहेको छ । लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । 

    ५ खेल खेलेर २ जित हात पारेको विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । विराटनगर ५ खेलमा ४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

    यही संस्करणको पहिलो भेटमा लुम्बिनीले विराटनगरलाई ३ रनले पराजित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :