काठमाडौं । नेपाल टी२० लिग अन्तर्गत आज आइतबार भएको दोस्रो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङलाई १२ रन पराजित गरेको छ ।
लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछाएको विराटनगर निधारित १९.३ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्रै बनाउन सक्यो ।
विराटनगरको लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए । उनले ४५ बलमा ४ चौको सहयोगमा ४१ रन बनाएर बोल्ड आउट भए । यस्तै बिबेक यादवले १९ रन, गौरांशु शर्माले १२ रन, पृथ्यु बास्कोटाले ११ रनको योगदान दिए ।
यता लुम्बिनीका लागि तिलक भण्डारी, ह्यारी र श्याटली भानले समान २ विकेट लिए । कप्तान दिपेन्द्र सिंह ऐरी, हारमीत सिंह, किशोर महताले समान १ विकेट लिए ।
त्यअघि त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन बनाएको थियो ।
लुम्बिनीका लागि कपतान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रन बनाए । कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३ रनमा आउट भए ।
विराटनगरका लागि विवेक यादव, सुर्य तामाङ र नन्दन यादवले समान २ विकेट लिए । कियोन जोसेफ र राज नाननले समान १ विकेट लिए ।
उक्त जितसँगै ७ खेल खेलेर ६ जित हात पारेको लुम्बिनी छैठौं जितको लुम्बिनी १२ अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । लुम्बिनी प्लेअफमा पुगेको छ ।
यता ६ खेल खेलेर २ जित हात पारेको विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा झरेको छ ।



