शनिबार, श्रावण ३० गते २०८३
images
images

पिएसजी लेन्ससँग हार्यो

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 285
    SHARES
  • पिएसजी लेन्ससँग हार्यो

    काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पिएसजीले यस सिजनको पहिलो हार बेहोरेको छ । 

    images

    आइतबार राति सम्पन्न भएको खेलमा पाहुना टोली पिएसजी लेन्ससँग ३-१ गोल अन्तरले पराजित भएको हो । 

    लेन्सको जितमा फ्रयांकोव्सकी, लोइस ओपनडा र एलेक्सिस माउराइसले एक एक गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि हुगो एकिटिकले एक गोल गरेका थिए । 

    images

    यो खेलमा स्टार फरवार्ड द्धय नेयमार मेस्सी खेलेका थिएनन् । नेयमार सातो कार्डका कारण प्रतिबन्धमा छन् भने मेस्सी छुट्टीमा रहेका छन् । 

    उक्त जितसँगै लेन्सको १७ खेलमा ४० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । लेन्स शिर्ष स्थानमा रहेको पिएसजी भन्दा ४ अंकले पछाडी रहेको छ । यता पराजित पिएसजीको १७ खेलमा ४४ अंक रहेको छ । 


     

  • सम्बन्धित विषय:

  • # फुटबल