शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोखरालाई १६५ रनको लक्ष्य

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 340
    SHARES
  • पोखरालाई १६५ रनको लक्ष्य

    काठमाडौं । टियु क्रिकेट मैदानमा जारी पहिलो संस्करणको नेपाल टि२० लिग अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौं किङ्सले पोखरा एभेन्र्जसलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनायो । 

    काठमाडौंका लागि एलेक्स ब्लेकले आक्रमक पारि खेले । उनले २८ बलको सामना गर्दै ३ चौका र ७ छक्काको सहयोगमा ६४ रनमा आउट भए । यस्तै सुनम गौतम ४५ रनमा आउट हुँदा भिरन्दिप सिंहले ३२ रनको योग्दान दिए । रायन बर्ल १० रनमा अविजित रहे । 

    images

    यता पोखराको लागि तुल बहादुर थापाले २ विकटे लिए । यस्तै प्रतिस जिसी र कुशल मल्लने समान १ विकेट लिए । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :