शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आहा ! रारा पोखरा गोल्डकप : आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा 

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 253
    SHARES
  • आहा ! रारा पोखरा गोल्डकप : आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा 

    काठमाडौं । पोखरामा जारी २२औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटलमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

    images

    पोखरा रंगशालामा सोमबार भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्बललाई ३-१ गोलले हराउँदै संकटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

    एक शून्य गोलले पछि परेको संकटाले खेल ३-१ गोलको पुनरागमन जित निकालेको गरेको हो । 

    images

    संकटाको जितमा मेसुकेले २ सुरज जिउ ठकुरीर र स्टेफन बिनोङले एक एक गोल गरे । यता आर्मी नवयुग श्रेष्ठले गरेको गोल सान्त्ना बन्यो ।

    जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

    यस पटक साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

    यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

  • सम्बन्धित विषय:

  • # आहा ! रारा पोखरा गोल्डकप