शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल टी२० लिग : जनकपुरको सहज जित

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 247
    SHARES
  • नेपाल टी२० लिग : जनकपुरको सहज जित

    काठमाडौं । नेपाल टी२० लिगमा फार वेस्ट युनाईटेडलाई जनकपुर रोयल्सले पराजित गरेको छ । 

    images

    टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले फार वेस्टलाई ८२ रनले हराएको हो । 

    जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फार वेस्टले १५.१ ओभरमा अलआउट हुँदै ७९ रन मात्र बनाउन सक्यो । 

    images

    फार वेस्टका लागि कप्तान हजमतुल्लाह शाहिदीले ३२ तथा राशिद खानले अविजित १७ रन बनाए ।

    जनकपुरका लागि समिउल्लाह शिनवारीले ३ तथा सोमपाल कामी र पवन सराफले २ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । जनकपुरका लागि सन्दिप जोराले ३२ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । उनले १ चौका र ५ छक्का प्रहार गरे। 

    कप्तान ट्राभोन ग्रिफिथले ३२ रन बनाउँदा चाल्डिक वाल्टन २४ रनमा आउट भए । सरफुदिन असरफले २० रन बनाउँदा राजेश पुलामीले १६ रन बनाए ।

    फार वेस्टका लागि प्रकाश जैसीले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।

    उक्त जितसँगै ७ खेलमा ५ जित र २ हारसहित जनकपुर १० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यता ६ खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :