शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिगको खेल तालिका माघ २ गते

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 306
    SHARES
  • ए डिभिजन लिगको खेल तालिका माघ २ गते

    काठमाडौं । आगामी फागुन १९ गतेबाट सुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७९ को खेल तालिका आगामी माघ २ गते सर्वाजनिक हुने भएको छ ।

    images

    सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ए डिभिजन क्लबका प्रतिनिधिसँगको बैठकपछि एन्फाले क्लबहरूलाई लिगको समयसीमा जारी गरेको हो ।

    एन्फाले पुस २२ गतेसम्म क्लब दर्ता गर्नुपर्ने जनाएको छ । माघ १५ गतेसम्म क्लबले क्लब लाइसेन्सको मापदण्ड पूरा गर्नु पर्ने पनि एन्फाले जनाएको छ ।

    images

    एन्फाले पुस २४ गतेबाट खेलाडी दर्ता खुला हुने जनाएको छ । क्लबले माघ २९ गतेसम्म कम्तिमा २० खेलाडी दर्ता गर्नु पर्नेछ ।

    छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता सुरेश शाहको उपस्थिति थियो ।

    यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल