शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अल नासरमा रोनाल्डोको भव्य स्वागत

एक्सप्रेस पाना
पौष २०, २०७९ बुधबार
  • 295
    SHARES
  • अल नासरमा रोनाल्डोको भव्य स्वागत

    काठमाडौँ । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलाई साउदी क्लब अल नासरमा भव्य स्वागत गरिएको छ ।

    images

    मंगलबार राति अल नासरले रियादस्थित मरसूल पार्क स्टेडियममा २५ हजारभन्दा बढी फ्यानहरुको अगाडी रोनाल्डोलाई भित्र्याएको आधिकारीक घोषणा गरेको हो ।

    त्यसअघि रोनाल्डोले पत्रकार सम्मेलन गर्दै आफु अल नासरमा आउदा खुशी रहेको बताए । उनले आफुलाई अस्ट्रेलिया, अमेरिका र युरोपकै विभिन्न क्लब रहेको भन्दै आफुले चुनौती स्वीकार गरेर एशियामा आएको बताएका थिए ।

    images

    रोनाल्डोले भने म नयाँ चुनौती स्वीकार गरेर एशिया आएको हुँ । म अल नासरप्रति कृतज्ञ छु की मलाई यो अवसर दियो । मैले साउदी अरबको फुटबल मात्र होइन नयाँ पिढीलाई सबै क्षेत्रमा प्रेरित गर्न चाहन्छु । म नयाँ पिढीको सोचलाई परिवर्तन गर्न चाहन्छु ।

    पत्रकार सम्मेलनपछि रोनाल्डो स्टेडियममा आएका थिए । त्यसपछि रोनाल्डोलाई क्लबका अध्यक्षले खेलाडीहरुसँग परिचय गराएका थिए । उनी स्टेडियममा सपरिवार उपस्थित भएका थिए । स्टेडियममा उपस्थित फ्यानहरुलाई सम्बोधित गर्दै रोनाल्डोले भने 'म यहाँ आउदा निकै खुशी छु । मैले क्लबको सफलतामा सहयोग गर्ने छु र यहाँ मानिसहरुलाई खुशी बनाउने छु । साथै आफु पनि रमाउने छु र यस देशलाई अझ राम्रो बनाउन सहयोग गर्ने छु ।'

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo