शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एपिएफलाई हराउँदै संकटा आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

एक्सप्रेस पाना
पौष २०, २०७९ बुधबार
  • 301
    SHARES
  • एपिएफलाई हराउँदै संकटा आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

    पोखरा । पोखरा रंगशालामा जारी २२औं संस्कणको आहा ! रारा पोखरा गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सविकको विजेता एपिएफ फुटबल क्लबलाई हराउँदै काठमाडौंको संकटा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । 

    images

    बुधबार पोखरा रंगशालामा भएको खेलमा संकटाले एपिएफलाई ४-१ गोलले पराजित गरेको हो । 

    संकटाको जितमा स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई दुई गोल गरे । यता एपिएफका हरि कार्कीले एक गोल फर्काए । पहिलो हाफमा २० गोलको अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल ब्यहोरेको थियो । 

    images

    खेलको पाँचौं मिनेटमा स्टेफनले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । तुलानात्मक सुरुमा सुरुवात देखि नै बल पोजिसन जमाएको संकटाको लागि मेसुकेले ४३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

    यस्तै खेलको ६१औं मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता ३-० गोलको आरामदायी बनाए ।

    तर, खेलको ७४औं मिनेटमा एपिएफका लागि हरिले गोल गर्दै ३-१ को स्थितिमा ल्याएपछि खेलमा फर्किने सम्भावना बढेको थियो ।

    त्यसपछि खेलको ८६औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४-१ को जित दिलाए । उक्त जितसँगै संकटा फाइनलमा प्रवेश गर्न सफल भयो भने साविकको विजेता एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ ।  अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र भुटनीज युथ सकर क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ । 

    जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । यस प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # आहा ! रारा पोखरा गोल्डकप