काठमाडौं । इटालियन सिरि ए फुटबलमा एसी मिलान विजयी भएको छ ।
बुधबार राति भएको खेलमा एसी मिलानले सेलेरेन्टिनालाई २-१ गोल अन्तरले पराजितो गरेको हो ।
एसी मिलानकाे जितमा राफेल लियो र स्यान्ड्रो टोनालीले १/१ गोल गरे ।
खेलको १०औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै १५औं मिनेटमा पाहुना टोली एसी मिलानले अग्रता दोब्बर बनायो । उसका लागि स्यान्ड्रो टोनालीले गोल गरेका थिए ।
पहिलो हाफमा २-० गोलको अग्रता बनाए एसी मिलानले दोस्रो हाफमा गोल थप्न सकेन भने १ गोल व्यहोरेको थियो ।
घरेलु टोलीका लागि टफेडरिको बोनजालोले ८३औं मिनेटमा गोल गर्दै अन्तर २-१ मा झारे पनि हार टार्न सकेनन् ।
उक्त जितसँगै एसी मिलानले शीर्ष स्थानमा रहेको नापोलीसँगको अंक दूरी ५ मा झारेको छ ।
जारी सिजनमा १६ खेलबाट ३६ अंक जोडेको एसी मिलान दोस्रो स्थानमा रहेको छ भने नापोलीले १५ खेलबाट ४१ अंक बनाएको छ । यता पराजित सेलेरेन्टिनाले १७ खेलबाट १७ अंक जोडेर तालिकाको १४औं स्थानमा रहेको छ ।



