पोखरा । २२औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप अन्तर्गत अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले हराउँदै भुटनीज युथ सकर क्लब फाइनलमा प्रवेश गरेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भुटनीजको लागि पहिलो हाफको इन्जुरी समयमा गोल गर्न सफल भयो ।
भुटनीजको लागि रोजिन प्रजापति गोल गरेका हुन् । उक्त गोल नै फाइनल प्रवेशको लागि प्रयाप्त बन्यो ।
अब भुटनीजले उपाधिका काठमाडौंको संकटा क्लबसँग खेल्नेछ । फाईनल खेल आगामी शनिबार दिउँसो १:३० बजे पोखरा रंगशालामा हुनेछ ।
जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।



