शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काठमाडौंलाई ८३ रनले पराजित

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 222
    SHARES
  • काठमाडौंलाई ८३ रनले पराजित

    काठमाडौं । नेपाल टी२० लिगमा काठमाडौं नाईट्सलाई पराजित गरेको फार वेस्ट युनाईटेडको प्लेअफ सम्भाबना कायमै रहेको छ । 

    images

    त्रिबि क्रिकेट मैदान किर्तिपुरमा फार वेस्टले काठमाडौंसँग ८३ रनको जित हात पारेको हो ।

    फार वेस्टले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनायो । 

    images

    काठमाडौंका लागि कमलसिंह ऐरीले २१ बलमा २० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप रजालीले समान १७ रन बनाउँदा सुनाम गौतम १६ रनमा आउट भए । विरनदिप सिंह १४ रनमा आउट हुँदा सन्तोष कार्की १२ रनमा आउट भए ।

    फार वेस्टका लागि करण केसी,दुर्गेश गुप्ता र कप्तान हसमतुल्लाह शाहिदीले समान २ तथा मिलण्डा सिरिबद्र्धने,प्रकाश जैशी र शेर मल्लले समान १ विकेट लिए । 

    त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो । 

    फार वेस्टका लागि हसमतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धशतकीय ईनिङ खेले । हसमतुल्लाहले ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । भण्डारीले ४४ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७३ रन बनाए।

    करण केसीले अविजित २२ रन बनाउँदा उमर अलि ७ रनमा अविजित रहे  । 

    १६.३ ओभरमा १५७ रन दिएर १ विकेट लिएको काठमाडौंले त्यसपछि खेलमा पुनरागमन गरेर फार वेस्टलाई १९७ रनमा रोक्न सफल रह्यो ।

    काठमाडौंका लागि बसिर अहमदले एकै ओभरमा नुर अहमद,७६ रनमा खेलिरहेका कप्तान शाहिदी तथा मिलण्डा सिरिबद्र्धनेको विकेट लिएर काठमाडौंलाई खेलमा फर्काए । अविनाश बोहोराले १ विकेट लिए । 

    फराकिलो जितसँगै प्लेअफ सम्भावना कायमै राखेको फार वेस्टले आठ खेलमा दुई जित हात पारेर ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

    हारका बाबजुद पनि प्लेअफ सम्भावना कायमै रहेको काठमाडौंको नौ खेलमा चार जित पाँच हार हात पारेको काठमाडौं नौ खेलमा ८ अंकका साथ काठमाडौं अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :