शुक्रबार, श्रावण २९ गते २०८३
images
images

‘ए’ डिभिजन लिग : १० क्लबले लिए पहिलो किस्ता

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 247
    SHARES
  • ‘ए’ डिभिजन लिग : १० क्लबले लिए पहिलो किस्ता

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारीका लागि १० क्लबले एन्फाबाट पहिलो किस्ता बापत १५ लाख रकम लिएका छन् । 

    images

    बुधबारसम्म १४ क्लब मध्य ११ क्लबले प्रवेश फारम बुझाएको पनि एन्फाले जनाएको छ । दर्ता भएका ११ मध्ये १० क्लबलाई एन्फाले लिगका लागि उपलब्ध गराएको तयारी रकमको पहिलो किस्ता लिएका छन् ।

    पहिलो किस्ता लिएनेमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले प्रवेश फारम भरेका छन् । नेपाल पुलिस क्लब बाहेक सबैले तयारी रकमको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

    images

    एन्फाले तयारीका लागि प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ दिनेछ । यो रकम अघिल्लो पटक उपलब्ध गराइएको रकम भन्दा  १० लाख रुपैयाँले बढेको हो ।

    लिगका लागि क्लबहरूले भोलि २२ गते सम्मको प्रवेश फारम बुझाउन सक्नेछन् भने लिग आगामी फागुन १९ गतेबाट हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल