शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाँचौं बाग्मती गोल्डकपको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 223
    SHARES
  • पाँचौं बाग्मती गोल्डकपको खेल तालिका सार्वजनिक

    मकवानपुर । पाँचौं बाग्मती गोल्डकप फुटबल प्रतियोगिता २०७९ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन दिन आयोजक वाग्मती गाउँपालिका खेलकुद विकास समितिले ए डिभिजन लिगको टोली जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    images

    प्रतियोगितामा सात ए डिभिजन लिग, एक विदेशी र दुई स्थानीय टोली गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगिता पुस २४ गतेबाट सुरु हुनेछ ।

    प्रतियोगिताको विजेताले आठ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    images

    त्यस्तै खेलकुद क्षेत्रमा उदाहरणीय काम गर्ने खेल पत्रकारलाई पनि १५ हजार नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा आयोजकले गरेको छ ।

    प्रत्येक खेलको म्यान अफ द म्याचले व्यक्तिगत विधाका लागि पाँच हजार नगद सहित आकर्षक पुरस्कार प्रदान गर्नेछ । साथै छ विधामा उत्कृष्ट खेलाडी जनही  दश हजारका दरले पुरस्कृत हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ७१ लाख खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल