काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंक लाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा)का टोलीहरुले च्यासल मैदानको अवलोकन गरेका छन् ।
बिहीबार राखेप सदस्य सचिव र एन्फाका अध्यक्षसहितको टोलीले च्यासल पुगेर मैदानको निरीक्षण गरेका हुन् ।
फागुन १९ बाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तयारी अन्तर्गत सदस्य सचिव र एन्फाको टोलीले मैदान निरीक्षण गरेका हुन् ।
निरीक्षण टोलीमा सदस्य सचिवसँगै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, पूर्व सदस्य रमेश ब्यन्जनकर र महासचिव किरण राई रहेका थिए ।
एन्फाले च्यासल रंगशाला हस्तान्तरणका लागि राखेपलाई पत्र पठाईसकेको छ ।



