काठमाडौं । यू-२० महिला साफको बन्द प्रशिक्षणबाट ११ खेलाडी बहिरिएका छन् । मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेको यू२० महिला फुटबल टोलीलाई ४१ खेलाडीबाट ३० मा झारेका छन् ।
नेपालले यू-२० महिला साफको तयारीका लागि ४१ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको थियो ।
यू-२० महिला साफ आगामी फेब्रुअरी ३ देखि ९ तारिखसम्म बंगलादेशको राजधानी ढाकामा हुनेछ ।
नेपाली टोली :
कविता विक, सावित्री किशन, लिला जोशी, पूजा थापा, सुजाता तामाङ, सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जीटी, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, हिमा रावत, दीपा शाही, गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, सदिपा भोलान



