शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संकटा र भुटनिज युथ दुबै टोलीको उपाधि जित्ने दाबी

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 266
    SHARES
  • संकटा र भुटनिज युथ दुबै टोलीको उपाधि जित्ने दाबी

    पोखरा । पोखरामा रंगशालामा जारी २२औं संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनलमा संकटा फुटबल क्लब र अमेरिकको भुटनिज युथ स्पोर्टस क्लब प्रतिस्पर्धा गर्दैछन् । 

    images

    फाइनल खेल पोखरा रंगशाला शनिबार दिउँसो १ः३० बजे सुरु हुनेछ । फाइनल अघि शुक्रबार भएको प्रि-म्याच कन्फेरेन्समा दुवै टोलीले उपाधिका जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका छन् । संकटका क्लबका प्रशिक्षक सल्यान खड्गीले भुटनिज युथ पाहुना टोली भए पनि सचेत भएर खेल्ने बताएका छन् । 

    ‘सबैले जित्ने लक्ष्यका साथ लिएर नै प्रतियोगितामा भाग लिएका हुन्छन् । हामीले भुटनिज युथलाई कमजोर मानेका छैनौं ऊ पनि उपाधिको दाबेदार टोली हो । फाइनल खेल हो जे पनि हुन् सक्छ । हामी सचेत भएर खेल्दै उपाधि जित्ने प्रयास गर्नेछौं,’सल्यानले भने ।

    images

    यस्तै यता भुनिज युथका प्रशिक्षक प्रदीप हुमागाँईले विदेश टोली भए पनि आफुलाई घरेलु मैदानमा खेलिरहेको अनुभव भइरहेको र अघिल्ला खेलमा जस्तै उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने प्रयाय गर्ने बताएका छन् । 

    ‘टोली नेपालमा खेलिरहेको भए पनि यो मेरो लागि घरेलु मैदान जस्तै हो । मैले यसअघि पनि आहा रारा गोल्डकप उपाधि चुमिसकेको हुँदा यो मेरा लागि विशेष छ । खेलाडीले पनि घरेलु मैदानमै खेलिरहेको अनुभव गरिरहेका छन् । हामी अघिल्ला खेलहरुमा जस्तै उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्ने छौं’ प्रदीपले भने ।

    यसैगरी प्रदीपले संकटा बलियो र अनुभवी टोली भए पनि कुनै दवाव नलिई खेल्ने बताए । संकटा बलियो र अनुभवी टोली हो । उनीहरुको तयारी पनि राम्रो छ । संकटामा नेपाली राष्ट्रिय टोलीका खेलाडी पनि छन् । मलाई आशा छ फाइनल खेल प्रतिस्पर्घात्मक हुने छ । अनुभवी टोली खेल्न हामी उत्साहित छौं । हामीलाई कुनै दवाव छैन्’, हामी त्यति टाढाबाट आएर यो पोखराको बिन्दावासीनी ताबाराही जस्तो पबित्र ठाउँ खेल्न पाउँदै भाग्यानी ठानेका छौं हामी सबै देवि देवताको आशिर्वाद लिएर यो २२औं संस्करणको आहा रारको उपाधि जित्न चाहान्छौं’।

    भुटनिज युथका कप्तान तथा गोलरक्षक पुजन थापा मगरले अघिल्ला खेलमा भएका गल्तीहरुलाई सच्याउँदै फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

    ‘खेल हो कहिले काँही गल्ती हुन्छ । अघिल्ला खेलहरुमा हामीबाट धेरै गल्ती भएका छन् । फाइनलमा त्यसलाई सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने छौं’,पुजनले भने हामीले अघिल्लो २ खेलमा सुरुवाती समयमा गरेको गोललाई नै अग्रता कायम गरेर फाइनलको यात्रा तय गरेका छौं अब फाइनल खेलमा अघिल्ला गल्तीलाई सुधार्ने योजना छ’, ।

    यस्तै संकटाका कप्तान सुनिल बलले भुटनिज युथ बलियो टोली भएकाले फाइन खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा रहेको बताएका छन् । ‘फाइनल खेल हो । दुवै टोली उत्कृष्ट छन् । आशा छ खेल प्रतिस्पर्धात्मक हुनेछ । हामी उपा जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं’, सुनिलले भने । 

    यसैगरी प्रतियोगिताका म्याच कमिस्नर कृष्णबहादुर थापाका अुसार प्रतितयोगितामा हालसम्म आठ खेल समाप्त हुदाँ २० गोल भएका छन् । प्रतियोगितामा २८ पहेंलो तथा एक रातो कार्ड देखाईएको छ ।

    संकटा दोस्रो तथा भुटनिज युथ पहिलो उपाधिको लक्ष्यमा छन् । यसअघि संकटाले विसं २०७७ मा उपाधि जितेको थियो । संकटाले सेमिफाइनलमा विभागिय टोली तथा साविको विजेता एपिएफ फुटबल क्लबलाई ४-१ गोलको फराकिलो अन्तरले हराउँदै फाइनमा प्रवेश गरेको छ । त्यसअघि क्वाटरफाइनलमा संकटाले अर्को विभागिय टोली त्रिभुबन आर्मीमाथि ३-१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । 

    यता भुटनीजले क्वाटरफाइनलमा साविको उपविजेता मनाङ मस्र्याङ्दी क्लब र  सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई समान १-० गोलले हराएर अघि बढेको हो । 

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # आहा ! रारा पोखरा गोल्डकप