पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को फाइनल खेल आज शनिबार हुँदैछ ।
पोखरा रंगशालामा आज हुने फाइनल खेलमा काठमाडौंको संकटा फुटबल क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । उक्त फाइनल खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् ।
संकटा एक पटकको च्याम्पियन समेत हो । भुटनीज भन्दा दोस्रो पटकको सहभागितामा फाइनल पुगेको हो ।
यसअघि संकटाले एपिएफ फुटबल क्लबलाई ४-१ गोल अन्तरले र भुटनीज युथले चर्च ब्वाइज युनाइटेडलाई १-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
१० टोलीको सहभागि रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।



