शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अल नासरले अल टाएलाई हरायो

एक्सप्रेस पाना
पौष २३, २०७९ शनिबार
  • 287
    SHARES
  • अल नासरले अल टाएलाई हरायो

    काठमाडौँ । साउदी प्रो लिग पुटबलमा अल नासरले आल टाएलाई पराजित गरेको छ ।

    images

    शुक्रबार राति भएको खेलमा अल नासरले अल टाएलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    अल नासरको जितमा टालीस्काले दुवै गोल गरेका थिए ।टालिस्काले खेलको ४२ र ४७औं मिनेटमा गोल गर्दै अल नासरलाई जिताएका थिए ।

    images

    उक्त जितसँगै अल नासर जारी सजिनको साउदी प्रो लिगमा १२ खेलबाट २९ अंकसाथ लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।

    यता पराजित अल टाएले भने समान १२ खेलमा १८ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।

    यस खेलमा सुपर स्टार क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् । रोनाल्डोमाथि इंग्ल्याण्ड फुटबल फेडेरेसनले लगाएको २ खेलको प्रतिबन्धका कारण रोनाल्डोको डेब्युपछि सरेको हो । रोनाल्डोले अब जनवरी २२ मा मात्र अल नासरमा डेब्यु गर्न सक्ने बताइएको छ ।

    यस खेलमा रोनाल्डोले अल नासरको भिआइपी बक्सबाट खेल हेरेका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल