शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनकपुरलाई हराउँदै लुम्बिनी फाइनलमा

एक्सप्रेस पाना
पौष २४, २०७९ आइतबार
  • 291
    SHARES
  • जनकपुरलाई हराउँदै लुम्बिनी फाइनलमा

    काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी२० लिगमा लुम्बिनी अल स्टार फाइनलमा प्रवेश गरेको छ ।

    images

    त्रिबि क्रिकेट मैदानमा आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो  । 

    लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनायो ।

    images

    जनकपुरका लागि शमिउल्लाह शिनवारीले ४५ रन बनाउँदा पवन सर्राफ ३० रनमा अविजित रहे । 

    लुम्बिनीका लागि विपुल शर्मा,दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २ तथा श्याड्ली भानले १ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो । 

    लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाउँदा अनिल शाहले २४ रन बनाए । विपुल शर्मा २० रनमा आउट हुँदा श्याड्ली भान १७ रनमा अविजित रहे ।  लाहिरु मिलान्थाले १६ रन बनाए । 

    जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १ विकेट लिए । 

    जनकपुरले भने अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । सोमबार हुने इलिमिनेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् ।

    लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :