शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विराटनगर सुपर किंग्सले दोस्रो क्वालिफायर खेल्ने

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 286
    SHARES
  • विराटनगर सुपर किंग्सले दोस्रो क्वालिफायर खेल्ने

    राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी२० लिगमा ईलिमिनेटर खेलमा जित निकाल्दै विराटनगर सुपर किंग्स दोस्रो क्वालिफायर खेल्ने भएको छ ।

    images

    विराटनगरले काठमाडौंलाई ९९ रनले पराजित गरेको हो । 

    त्रिबि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १८३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा अलआउट हुँदै जम्मा ८३ रन मात्र बनायो ।

    images

    काठमाडौंका लागि अविनाश बोहोराले ४ बलमा अविजित १६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाए । लोकेश बम १३ रनमा आउट हुँदा कमल ऐरीले १० रन बनाए । 

    यता विराटनगरका लागि सुर्य तामाङले ४ तथा कियोन जोसेफ र साहब आलमले समान २ विकेट लिए । 

    त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो । 

    विराटनगरका लागि कप्तान रोहित पौडेलले ४९ बलमा ६१ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । 

    रोहितले हुसेन तलतसँग मिलेर ९८ रनको साझेदारी गरेका थिए । रोहितले अहिले सम्म ११ खेलमा ३४७ रन बनाएका छन् । उनी सर्वाधिक रनकर्ताको दोस्रो स्थानमा रहेका छन् । विवेक यादवले १८ बलमा अविजित ४६ रन बनाए ।

    हुसेन तलतले २३ बलमा ३८ रन बनाउँदा राज नाननले १७ बलमा १३ रन बनाए ।  

    काठमाडौंका लागि अनिल खरेल र कमल सिंह ऐरीले समान २ तथा अविनाश बोहोराी र गौतम केसीले समान १ विकेट लिए ।


    आजको इलिमिनेटर खेलको बिजेताले विराटनगरले फाईनलमा स्थान बनाउँनका लागि आईतबार भएको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग फाईनल प्रवेशका लागि खेल्नेछ ।

    यता पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ । आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ ।

    यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

    त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :