शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्याङ्जा फाइनलमा

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 322
    SHARES
  • स्याङ्जा फाइनलमा

    स्याङ्जा । दोस्रो जित निकाल्दै स्याङ्जा जिल्ला महिला क्रिकेट टिम गण्डकी प्रदेशस्तरीय माहिला टि२० छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

    images

    सोमबार स्याङ्जाको चापाकोटस्थित गंगालाल खेल मैदानमा भएको दुबै खेलमा जित निकालेको स्याङ्जा महिला टिम फाइनमा प्रदेश गरेको हो । 

    पहिलो खेलमा नवलपुर महिला क्रिकेट टिमलाई १४० रनले हराएको स्याङ्जाले दोस्रो खेलमा कास्की जिल्ला महिला क्रिकेट टिमलाई ८ विकेटले हराएको हो । 

    images

    कास्कीले दिएको ८५ रनको लक्ष्य स्याङ्जाले ११.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । 

    स्याङ्जाको जितमा सिमाना केसीले १७ रन बनाउँदा अन्जली विश्वकर्माले ३१ रन र श्रया थापाले १० रन जोडिन् । यता कास्कीका लागि सुजता थापा र सृष्टि जैसीले समान १ विकेट लिइन् । 

    त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको कास्कीले निर्धारित १६ ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाउन सक्यो । उसका लागि सुजता थापाले सर्वाधिक २३ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । 

    यो हारसँगै कास्कीले अब लिगको अन्तिम खेलमा नवलपुरसँग खेल्नेछ । यो खेलमा जुन टिमले जित्छ त्यो टिम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल पनि भोलि मंगलबार नै हुनेछ । 

    यहिँ पुस २९ गतेदेखि इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागिताको लागि उक्त छनोट खेलको आयोजना गरिएको आयोजक गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ ।

    यो हारसँगै कास्कीले अब लिगको अन्तिम खेलमा नवलपुरसँग खेल्नेछ । यो खेलमा जुन टिमले जित्छ त्यो टिले फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल पनि भोलि मंगलबार नै हुनेछ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट