शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवलपुरलाई हराउँदै कास्की फाइनलमा

एक्सप्रेस पाना
पौष २६, २०७९ मंगलबार
  • 258
    SHARES
  • नवलपुरलाई हराउँदै कास्की फाइनलमा

    स्याङ्जा । कास्की जिल्ला महिला क्रिकेट टिम गण्डकी प्रदेशस्तरीय महिला टि२० क्रिकेट प्रतियोगिता छनोट खेल फाइनलमा प्रवेश गरेको छ । 

    images

    मंगलबार स्याङ्जा जिल्लाको चापाटको नगरपालिका ९ गंगालाल खेल मैदानमा भएको खेलमा कास्की जिल्ला महिला क्रिकेट टिमले नवलपुर महिला क्रिकेट टिमलाई ९२ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो । 

    कास्कीले दिएको १८६ रनको विशाल लक्ष्य पाएको नवलपुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो । 

    images

    नवलपुरको लागि धनकुमारी क्षेत्रीले सर्वाधिक ३४ रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता कास्कीका लागि सुजिता थापा, एलिना विक र रचना चौधरीले समान १ विकेट लिइन् । 

    त्यसअघि टस हाररे पहिले ब्याटिङ थालेको कास्कीले निर्धारिता २० ओभरमा २ विकेट गुमाएर १८५ रन बनाएको थियो । कास्कीका लागि सुजिता थापाले सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङमा अविजित रहिन् भने ओपनर सिर्जना पौडेलले ५५ रनको अर्धशतकीय इनिङमा अविजित रहिन् ।

    त्यस्तै गंगा सुवेदी १७ रनमा आउट भइन् । यता नवलपुको लागि कप्तान श्रया शर्माले १ विकेट लिइन् । 

    उक्त जितसँगै कास्कीले उपाधिको लागि स्याङ्जासँगै प्रतिस्पर्धा गर्नेछ । उक्त फाइनल खेल आजै हुनेछ । यस छनोट प्रतियोगितामा तीन जिल्लाको सहभागिता रहेको छ । 

    यहि पुस २९ गतेबाट इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप टि२० महिला रष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताको लागि छनोट खेलको आयोजना गरिएको आयोजक गण्डकी प्रदेश क्रिकेट संघका सदस्य तथा स्याङ्जा जिलला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले जनाकारी दिनु भयो । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट