शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रथम राप्ती फुटबल कपमा पिप्ले युवाको विजयी सुरुवात

एक्सप्रेस पाना
पौष २७, २०७९ बुधबार
  • 242
    SHARES
  • प्रथम राप्ती फुटबल कपमा पिप्ले युवाको विजयी सुरुवात

    चितवन । प्रथम राप्ती फुटबल कप प्रतियोगिता २०७९ मा आयोजक पिप्ले युवा समाजले विजयी सुरुवात गरेको छ । 

    images

    बुधबार भएको खेलमा बसन्तपुर युनाइटे माडीमाथि पिप्लले ४-२ गोलको जित निकालेको हो । पिप्लेको जितमा समिराज थोकरले २ गोल गर्दा साहिल कुमार थापा र विदेशी खेलाडी सबाले १/१ गोल गरे ।

    माडीका लागि निराजन घिसिङले २ गोल फर्काए पनि हार टार्न पर्याप्त भएन । 

    images

    पहिलो हाफको १९औं मिनेटमा निराजनले गोल गर्दै माडीलाई अग्रता दिलाए ।

    तर, २८ औं मिनेटमा समिराजले गोल गरेपछि आयोजक पिप्ले बराबरी गर्न सफल भयो । दोस्रो हाफमा पिप्लेले खेलमा पुरै पकड जमाउन सफल भयो ।

    १७ औं मिनेटमा समिराजले ब्यक्तिगत दोस्रो गोल गरेपछि पिप्ले २(१ले अघि बढेको थियो । २८ औं मिनेटमा माडीका निराजनले ब्यक्तिगत दोस्रो गोल गर्दा माडीले खेल २-२ को अवस्थामा ल्यायो ।

    २१ औं मिनेटमा साहिलले टिमका लागि तेस्रो गोल गर्दा २३ औं मिनेटमा विदेशी खेलाडी सबाले गोल गरेपछि पिप्ले क्लब ४-१ को फराकिलो अग्रतामा पुगेको थियो ।

    तर, २८ औं मिनेटमा निराजनले गोल गर्दै अग्रता ४-२ मा झारेपनि काम लागेन ।

    प्रतियोगितामा आयोजकसहित माडी, भरतपुर फुटबल क्लब, हेटौँडा फुटबल एकाडेमी, भैरव युथ क्लब, रोडस् क्लब रामपुर, २८ बिगाह फुटबल क्लब, झाक्रे फुटबल क्लब, कालिका–११ र वीरगञ्ज युनाइटेड फुटबल क्लब सहभागी छन् ।

    पिप्ले युवा समाजको आयोजनामा राप्ती–१ वडा कार्यालय अगाडिको चौरमा सुरु भएको प्रतियोगितामा १० वटा क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, उपविजेताले नगद १ लाखसहित ट्रफी प्राप्त गर्ने छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल