शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पिएसजीको जितमा मेसीको गोल

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 275
    SHARES
  • पिएसजीको जितमा मेसीको गोल

    काठमाडौँ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत पिएसजीले एन्जर्सलाई पराजित गरेको छ ।

    images

    बुधबार राति भएको खेलमा पिएसजीले एन्जर्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    पिएसजीको जितमा हुगो एकिटिके र लियोनेल मेसीले समान १/१ गोल गरेका थिए ।

    images

    विश्वकपपछि पिएसजी फर्किएका मेसीले पहिलो खेलमै गोल गर्दै उत्कृष्ट शुरुवात गरेका छन् । मेसीले यस सिजनको लिग वानमा १४ खेलमा ८ गोल गरेका छन् भने १० गोल असिस्ट गरेका छन् ।

    उक्त जितसँगै पिएसजीको १८ खेलमा ४७ अंक रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको लेन्सभन्दा ६ अंकले अगाडी रहेको छ । त्यस्तै एन्जर्सको १८ खेलमा ८ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल