काठमाडौं । ललितपुरको गोदावरीमा माघ ३ गतेदेखि ५ गतेसम्म महिला खुल्ला र पुरुष उमेर समूहको फुटबल हुने भएको छ ।
नमुना स्पोर्टस् क्लब (नमुना एकेडेमी)को सहयोगार्थ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
नमुना स्पोर्टस क्लव गोदावरी ३ ललितपुरले ‘प्रथम गोदावरी च्याम्पियनसिप खुल्ला महिला तथा यु १८ पुरुष फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको छ ।
प्रतियोगिताका लागि टिम दर्ता गर्न १ गतेसम्मको समय तोकिएको छ । यस्तै दर्ता शुल्क ४ हजार रुपैयाँ लाग्ने जनाइएको छ । यसैगरी प्रतियोगिताको उपाधि विजेताले २५ हजार र उप विजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यसैगरी मोस्ट भेलुएबल प्लेय र उत्कृष्ट गोलकिपरले पनि पुरस्कार पाउने छन् ।



