शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बार्सिलोना सुपरकोपाको फाइनलमा

एक्सप्रेस पाना
पौष २९, २०७९ शुक्रबार
  • 215
    SHARES
  • बार्सिलोना सुपरकोपाको फाइनलमा

    काठमाडौँ । बार्सिलोना स्पेनिस नकआउट फुटबल प्रतियोगिता सुपरकोपाको फाइनलमा पुगेको छ । 

    images

    साउदी अरबको रियादमा बिहिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४(३ गोल अन्तरले पराजित गर्दै बार्सिलोना सुपरकोपाको फाइनलमा पुगेको हो ।

    निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलाइएको थियो । अतिरिक्त समयमा दुवै टिमले थप १-१ गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्नायं पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

    images

    बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र अन्सु फातिले एक एक गोल गरेका थिए भने रियल बेटिसका लागि नाबिल फेकिर र लोरेन्जो जिससले १/१ गोल गरेका थिए ।

    त्यसपछि भएको पेनाल्टी सुटआउटमा बार्सिलोना ४-२ गोलले विजयी भएको थियो ।

    अब सुपरकोपाको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडको सामना गर्ने भएको छ । यस बर्षको सुपरकोपा एल क्लासिको हुने भएको हो ।

  • सम्बन्धित विषय:

  • # फुटबल