चितवन । प्रथम राप्ती फुटबल कप प्रतियोगिता २०७९ मा विरगंज युनाइटेड एफसीले झाक्रे फुटबल क्लबलाई हराएको छ ।
सोमबार पिप्ले खेल मैदानमा भएको खेलमा झाक्रे फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
पहिलो हाफमा १-० गोलले पछि परेको विरगंजले दोस्रो हाफ ३ गोल गर्न सफल भयो । खेल म्यान अफ दि म्याच सागर चौधरी चुनिए ।
उक्त जितसँगै विरगंज सेमिफाइनल प्रवेश गरेको हो । योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । जसमा भरतपुर एफसी, पिप्ले युवा समाज, र २८ बिगाहा रहेका छन् ।
सेमिफाइनलमा भरतपुर र पिप्ले भिड्नेछन् भने विरगंज युनाइटेड र २८ विगाहा भिड्नेछन् ।
प्रतियोगितामा आयोजकसहित माडी, भरतपुर फुटबल क्लब, हेटौँडा फुटबल एकाडेमी, भैरव युथ क्लब, रोडस् क्लब रामपुर, २८ बिगाह फुटबल क्लब, झाक्रे फुटबल क्लब, कालिका-११ र वीरगञ्ज युनाइटेड फुटबल क्लब सहभागी छन् ।
पिप्ले युवा समाजको आयोजनामा राप्ती–१ वडा कार्यालय अगाडिको चौरमा सुरु भएको प्रतियोगितामा १० वटा क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, उपविजेताले नगद १ लाखसहित ट्रफी प्राप्त गर्ने छन् ।



