चितवन । प्रथम राप्ती फुटबल कप प्रतियोगिता २०७९ मा आयोजक पिप्ले युवा समाजलाई हराउँदै भरतपुर फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार पिप्ले खेल मैदानमा भएको खेलमा पिप्लेलाई ३-० गोल अन्तरले हराउँदै भरतपुर फाइनल प्रवेश गरेको हो ।
भरतपुरको जितमा सुरेश कुमाल २ र प्रितमले १ गोल गरे ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको भरतपुरले २ गोल गर्न सफल भयो । खेल म्यान अफ दि म्याच सुरेश कुमाल चुनिए ।
उक्त जितसँगै भरतपुर प्रवेश गरेको हो । भरतपुरले अब उपाधिको लागि भोलि हुने २८ बिगाहा र विरगंज युनाइटेड बिचको विजेतासँग खेल्नेछ ।
फाइनल खेल आगामी शुक्रबार हुनेछ ।
पिप्ले युवा समाजको आयोजनामा राप्ती-१ वडा कार्यालय अगाडिको चौरमा सुरु भएको प्रतियोगितामा १० वटा क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, उपविजेताले नगद १ लाखसहित ट्रफी प्राप्त गर्ने छन् ।



