शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बागमती गोल्डकपको उपाधि भुटनिज युथलाई

एक्सप्रेस पाना
माघ ४, २०७९ बुधबार
  • 222
    SHARES
  • बागमती गोल्डकपको उपाधि भुटनिज युथलाई

    पाँचौं संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०७९ को उपाधि विदेशी क्लब भुटनिज युथ स्पोर्टस्ले जितेको छ । मकवानपुरको पूर्वीक्षेत्रस्थित वाग्मती गाउँपालिका-८ स्थित जनता मावि खेल मैदानमा भएको खेलमा संकट क्लबलाई टाइब्रेकरमा ८-७ गोलअन्तरले पराजित गर्दै अमेरिकन क्लब च्याम्पियन भएको हो । निर्धारित समय २-२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेरमा गरिएको हो ।

    images

    निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समय नखेलाई खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो । निर्धारित समयको पहिलो हाफमै दुबै टिमको तर्फबाट चार गोल भएको थियो । निकैप्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको पहिलो मिनेटमै भुट्नीजले अग्रता बनाएको थियो । भुट्नीजका लागि प्रबिन बस्नेतले गोल गरेका थिए ।

    त्यस्तै खेलको छैठौँ मिनेटमा प्रबिन बस्नेतले ब्यक्तिगत दोस्रो गोल गर्दै टोली २–० को अग्रता दिलाए । तर, त्यो अग्रता पहिलो हाफको खेलमै तोडियो । सुनिल बलले खेलको ९ र २२ औं मिनेटमा गोल गर्दै संकटालाई खेलमा फर्काए । सुनिलले पहिलो गोल हेडमार्फत गर्दा दोस्रो गोल पेनाल्टीमार्फत गरे ।

    images

    दोस्रो हाफको खेलमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिनुपर्यो । पेनाल्टी सुटआउटमा भुट्नीजलाई उपाधि दिलाउन मिगुएल पालाफक्स, धिरज धजाली, अम्मृलिन नेएने,रिल्ये यूरे, हेक्टर ओर्टेगा, प्रविन बस्नेत, उल्स, पुजन थापा मगर गोल गरे ।

    त्यस्तै संकटाका सुनिल बल, सरोज दाहाल, मनिष डाँगी, मेसुके, आयूष घलान, स्टीफन विनोङ्ग र कुलदीप कार्कीले गोल गर्दा सुरज ज्यू ठकुरीका प्रहार भुट्नीजका गोलरक्षक पुजन थापा मगरले बचाउ गर्न सफल भए ।

    प्रतियोगिताको विजेता भुट्नीज युथले नगद ८ लाख, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले संकटालले नगद ४ लाख रुपैयाँमा चित्त बुझाएको छ ।बागमती खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगितामा दुई घरेलु, एक विदेशी र ७ एडिभिजन सहित १० टोलीको सहभागिता रहेको थियो ।बागमती गोल्डकपको उपाधि भुटनिज युथलाई

  • सम्बन्धित विषय:

  • # फुटबल