माघ ४, काठमाडौ । पछिल्लो समय नेपाली साङ्गितक क्षेत्रमा दिन प्रतिदिन नयाँ गीतले बजार तताई रहेका छन् । यस्तै डा. प्रदीप कुमार मैनालीको रचना र तिलकसिंह पेलाको स्वर तथा संगीतमा सजिएको गजल ‘ के लत बस्यो मलाई ‘ नेपाली साङ्गितक आकाशमा मात्र चर्चित छैन बरु विभिन्न सामाजिक सञ्जालहरुमा समेत यो गजलमय बनेको छ ।
यो गजल पाँच दिन अघि मात्र युट्युबमा रिलिज भएको हो । साधारण शब्द तर मार्मिक एवं गहिरो भावयुक्त ‘ के लत बस्यो मलाई ‘ बोलको गजललाई सर्वाधिक रुचाएका छन् ।
विभिन्न टेलिभिजन र रेडियोमा मात्र होइन सामाजिक सञ्जाल समेत यो गजलमय बनेका छन् । अहिले अधिकांस टिकटक प्रयोगकर्ताले यस गजलमा टिकटक बनाएर अपलोड गरेको देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल गीतको होडमा यो गीतले मौलिकता र सिर्जना अझै कायम छ भन्ने सन्देश दिन खोजेको बताइरहेका छन् ।
गायक तिलक सिंह पेला काठमाडौको सानो भर्याङस्थित श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा संगीतका शिक्षक समेत रहेका छन् । पेलाको स्वारलाई सबैले प्रसंशा गरेका छन् । गजलको एरेन्जर तथा रेकर्डिङ रिदम कडेलले गरेको हो । यो तिलक सिंह पेलाको आफ्नै नामको युट्युब च्यानलमा अपलोड गरिएको छ ।
भिडियो :


