शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा

एक्सप्रेस पाना
माघ ४, २०७९ बुधबार
  • 224
    SHARES
  • लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा

    काठमाडौं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    जनता क्रिकेट पार्क क्रिकेट मैदानमा बुधबार लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै मदेश अन्तिम चारमा पुगेको हो ।

    योसँगै मधेश प्रदेश पहिलो पटक महिला पीएम कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको हो ।

    images

    मधेसले दिएको १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।

    लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु डिसीले अविजित रहदै समान २१ रन जोडिन ।

    लक्ष्मी चौधरी १२ रनमा आउट हुँदा आश्मा पुलामी मगर र सरस्वती गंगा मगरले ११/११ रन जोडिन ।

    मधेशका लागि भुमि सिंहले २ तथा कविता गौतमले १ विकेट लिईन् ।

    त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ५ विकेट गुमाएर १०७ रन जोडेको थियो ।

    यस जितसँगै मधेशले समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । मधेशले ३ खेलमा ४ अंक जोड्यो ।

    यस समूहबाट प्रदेश(१ समूह विजेता बन्यो । लुम्बिनी भने समूह चरणबाट बाहिरिएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट