काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको छ ।
क्रिस्टल प्यालेसका लागि खेलको ९१औ मिनेटमा माइकल ओलिसेले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस अघि म्यानचेस्टर युनाइटेडका लागि खेलको ४३औं मिनेटमा ब्रुनो फेर्नानडेजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
उक्त बराबरीसँगै म्यानचेस्टर युनाइटेडको १९ खेलमा ३९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै क्रिस्टल प्यालेसको १९ खेलमा २३ अंक रहेको छ र लिगमा १२औ स्थानमा रहेको छ ।



