बुधबार, श्रावण १३ गते २०८३
images
images

वेपत्ता खत्रीको शब सशस्त्र प्रहरी बलको गोताखोर टोलीद्वारा फेला

एक्सप्रेस पाना
माघ ५, २०७९ बिहीबार
  • 216
    SHARES
  • वेपत्ता खत्रीको शब सशस्त्र प्रहरी बलको गोताखोर टोलीद्वारा फेला

    काठमाण्डौं जिल्लाको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव पौष ५ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ ।

    images

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो । पौष २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको थियो ।

    दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ वस्ने अन्दाजी ४० बर्षिय राजकुमार खत्री वेपता भएका थिए भने अन्दाजी ४०
    बर्षिया अम्बिका लामिछाने घाइते भएकी थिइन् । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।

    images