शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अल स्टार्स एघारमाथि पिएसजीको जित, रोनाल्डोको दुई गोल

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 234
    SHARES
  • अल स्टार्स एघारमाथि पिएसजीको जित, रोनाल्डोको दुई गोल

    काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजीले साउदी अरबको रियादमा भएको मैत्रीपूर्ण खेलमा अल स्टार्स एघारलाई पराजित गरेको छ ।

    images

    बिहिबार गोलको वर्षा भएको खेलमा पिएसजीले ५-४ ले जितेको हो । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी खेलको खेलमा क्रिस्टियानो रोनाल्डोले अल स्टार्सका लागि २ गोल गरेका थिए भने लियोनेल मेसीले १ गोल गरेका थिए ।

    May be an image of 3 people

    images

    खेलको ३९औं मिनेटमा जुआन बेरनटले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

    त्यस्तै नेइमारले पहिलो हाफको अन्तमा पाएको पेनाल्टी मिस गरेका थिए ।

    अल स्टार्सका लागि जांग हिउन सू र टालिस्काले १/१ गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि मेस्सी, मार्क्यूरिन्होज, सर्जियो रामोस, किलीयन एम्बाप्पे, हुगो एकिटिकेले १/१ गोल गरेका थिए ।

    समग्रमा एक पछि अर्को गोल हुदा खेल निकै रोमान्चक बनेको थियो । रियादस्थित किंग फयाद स्टेडियममा भएको यस खेलमा ६८ हजार भन्दा बढी दर्शक प्रत्यक्ष उपस्थित रहेका थिए ।   

    May be an image of 3 people, people playing sport and grass

  • सम्बन्धित विषय:

  • # फुटबल