काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्यामलाई पराजति गरेको छ ।
बिहिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
२-० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ४ गोल गरेर खेल जितेको थियो । टोटनह्यामले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
म्यानचेस्टर सिटीको जितमा रियाद महरेजले २ गोल गरे भने जुलियन अल्भारेज र ईर्लिंग हालाण्डले १/१ गोल गरे ।
त्यस्तै टोटनह्यामका लागि डेजान कुलुसेभ्सकी र एमर्सन रोयलले १/१ गोल गरेका थिए ।
उक्त जितसँगै सिटीको १९ खेलमा ४२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको आर्सनल भन्दा ५ अंकले पछाडी रहेको छ । यद्यपी आर्सनल एक खेल कम खेलेको छ । यता पराजित टोटनह्यामको २० खेलमा ३३ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।



