शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पिएसजीविरुद्धको खेलमा रोनाल्डो 'म्यान अफ द म्याच' 

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 366
    SHARES
  • पिएसजीविरुद्धको खेलमा रोनाल्डो 'म्यान अफ द म्याच' 

    काठमाडौँ । क्रिस्टियानो रोनाल्डो पिएसजीविरुद्धको मैत्रिपूर्ण खेलको म्यान अफ द म्याच बनेका छन् ।

    images

    बिहिबार राति रियादमा भएको खेलमा पिएसजीले अल स्टार्स एघारलाई ५-४ गोल अन्तरले पराजित गरेको थियो । सो खेलमा रोनाल्डोले अल स्टार्सको नेतृत्व गर्दै दुई गोल गरेका उनलाई खेलको म्यान अफ द म्याचको अवार्ड दिइएको छ ।

    साउदी अरबको क्लब अल नासरमा आवद्ध भएपछि रोनाल्डो पहिलो पटक मैदानमा उत्रिएका हुन् । मैत्रीपूर्ण खेल मार्फत रोनाल्डोले साउदी अरबमा उत्कृष्ट सुरुवात गरेका छन् ।

    images

    यस मैत्रीपूर्ण खेलमा अल नासर र अर्को क्लब अल हिलालका खेलाडी समेटिएर अल स्टार्स एघारले पिएसजीसँग खेलेको थियो ।

    यस खेलको सुरुवातमै लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo