काठमाडौं । प्रथम गोदावरी च्याम्पियनसिप यू१८ तथा प्रथम सुजात स्मृति फुटबल प्रतियोगितामा ललितपुर फुटबल एकेडेमी यू१८ र लाकुर फुटसल महिलालाई उपाधि जितेको छ ।
बिहिवार भएको फाइनल खेलमा ललितपुर फुटबल एकेडेमीले लेले एफसीलाई पेनाल्टी सुट आउटमा ५-४ गोलले पराजित गर्न सफल भएको थियो।
त्यस्तै महिलातर्फ लाकुर फुट्सलले आयोजक नमुना स्पोर्टस क्लबलाई ३-० गोलले पराजित गर्न सफल भयो ।
दुबै बिधा बिजेताले नगद २५ हजार तथा उपबिजेता टिमले १५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको बिजेता तथा उपबिजेता टोली हरूलाई प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिर्सिङको आतिथ्यमा एक समारोह बीच पुरस्कार वितरण गर्नुभएको थियो । साथै उक्त समारोहमा नमुना एकेडेमीका प्रशिक्षक अर्जुन तामाङलाई सम्मानित गरेको थियो । यही माघ ४ र ५ गते भएको उक्त प्रतियोगितामा महिला तर्फ ४ टोली र पुरुष तर्फ १५ टिम को सहभागिता थियो भने उक्त प्रतियोगिता को आयोजक नमुना स्पोर्ट्स क्लब गोदावरीले गरेको थियो ।



