शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुदूरपश्चिम प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेटको फाइनलमा

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 232
    SHARES
  • सुदूरपश्चिम प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेटको फाइनलमा

    काठमाडौं । सुदुरपश्चिम प्रदेश इटहरीमा जारी रहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

    images

    इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई पराजित गर्दै सुदूर फाइनलमा प्रवेश गरेको हो । 

    कविता कुँवर र कप्तान बिन्दु रावलले ९४ बलमा १२८ रनको कीर्तिमानी ओपनिङ साझेदारी गरेपछि सुदुरपश्चिमले मधेशलाई ११४ रनले पराजित गरेको हो । 

    images

    सुदुरपश्चिमले दिएको १८१ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ८ विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो । 

    मधेशका लागि प्रतिमा शाह १९ रनमा आउट हुँदा सिमा कुँवरले  १६ रन बनाईन् । अलिशा यादव १४ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    सुदुरपश्चिमका लागि मनिशा चौधरी र रितु कनौजियाले समान २/२ तथा कविता कुँवर, रितु कनौजिया र स्नेहा महराले समान १/१ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १८० रन बनाएको थियो ।

    सुदुरपश्चिमका लागि कविता कुँवर र बिन्दु रावलले अर्धशतक बनाए । कुँवरले ५४ बलमा १२ चौका तथा १ छक्का प्रहार गर्दा ७० तथा कप्तान बिन्दु रावलले ५२ बलमा अविजित ६० रन बनाईन् ।

    कविता जोशी १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाएर आउट भईन् । मधेशका लागि भुमि सिंह र साना प्रविनले समान १/१ विकेट लिए । 

    अब सुदुरपश्चिमले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि शनिबार खेल्नेछ । 

    आज नै हुने दोस्रो सेमिफाइनलमा प्रदेश १ र नेपाल एपीएफ क्लबका बीचमा खेल हुदैछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट