शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मछिन्द्रले फिर्ता गर्‍यो एन्फालाई लिगको उपाधि ट्रफी

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 218
    SHARES
  • मछिन्द्रले फिर्ता गर्‍यो एन्फालाई लिगको उपाधि ट्रफी

    काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि ट्रफी फिर्ता गरेको छ । मछिन्द्रले शुक्रबार उपाधि ट्रफी फिर्ता गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

    images

    मछिन्द्रका सहायक व्यवस्थापक शिरिष श्रेष्ठले एन्फाका महासचिव किरण राईलाई उपाधि ट्रफी हस्तान्तरण गरेका हुन् । विजेताले अर्को लिग सुरु नहुन्जेलसम्म ट्रफी आफैसँग राख्ने प्रावधान रहेको छ । साथै लगातार तीन पटक लिग जित्ने टिमलाई एन्फाले ट्रफी रेप्लिका बनाएर दिने गरेको छ । 

    फागुन १९ गतेबाट सुरु हुने नयाँ सिजनको ‘ए’ डिभिजन लिगअघि मछिन्द्रले ट्रफी फिर्ता गरेको हो । यस सिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुने एन्फाले जनाएको छ ।

    images

    लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल