काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग जेठ १ बाट सुरु हुँदैछ ।
एन्फा र क्लबका प्रतिनिधिबीच शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले लिगको मिति तय गरेको हो ।
यसअघि क्लबहरूसँगको बैठकले प्रतियोगिताको पुरस्कार राशीबारे निर्णय गरिसकेको थियो ।
लिगको च्याम्पियन्सले १० लाख रुपैयाँ जित्नेछ भने उपविजेता र सेकेण्ड रनरअपले क्रमशः ७ लाख र ४ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ५० हजार र उत्कृष्ट खेलाडीले पनि सोही रकम प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको विजेता टोलीले पनि २० हजार रुपैयाँ जित्नेछ । तर, खेल बराबरीमा परेमा दुवै पक्षले रु ७,५०० बाँडफाँड गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
एन्फाले प्रत्येक १४ क्लबलाई ११ लाख रुपैयाँ तयारी रकम उपलब्ध गराउने छ ।



