शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हेलम्बु गाउँपालिकास्तरीय फुटबलको उपाधी हेलम्बु पाँचलाई

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 220
    SHARES
  • हेलम्बु गाउँपालिकास्तरीय फुटबलको उपाधी हेलम्बु पाँचलाई

    चौथो हेलम्बु गाउँपालिकास्तरिय फुटबल उपाधी हेलम्बु ५ ले जितेको छ । 

    images

    शुक्रबार भएको फाइनलमा आयोजक न्यु राइजिङ युवा क्लव र हेलम्बु बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हेलम्बु ५ ले १ लाख दोस्रोले ५० हजार पुरस्कार प्राप्त गरेका न्यु राइजिङ युवा कल्वका संस्थापक अध्यक्ष साङगे दोङ तामाङले जानकारी दिनुभयो ।

    यस्तै खेलाडीहरुलाई गाँउपालिका अध्यक्ष निमा ग्यालजेन शेपाले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले खेलक्षेत्रको विकासका लागी र नयाँ खेलाडी उत्पादनका लागि गाउँपालिकाले खेल क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।

    images

    सोनाम ल्होछारको अवसरमा आयोजित प्रतियोगितामा आज विभिन्न राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु नवराज घोरासैनी, संगम लामीछाने, हास्य कलाकार सुवोध गौतम लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल