इन्द्रावती गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा पालिका भवन नजिकै हरेको भृकुटी पार्कको सरसफाई गरेको छ । आज गाउँपालिका अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष सोभना तामाङ, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा लगायत वडाका जनप्रतिनिधि र गाउँपालिका तथा वडाका कर्मचारी भएर सरसफाई गरिएको गाउँपालिका अध्यक्षको स्वकिय सचिव सुनिल तामाङले जानकारी दिनुभयो ।

