शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भरतपुरलाई पेनाल्टीमा हराउँदै २८ विगाहाले जियो राप्ती फुटबलको उपाधि

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 267
    SHARES
  • भरतपुरलाई पेनाल्टीमा हराउँदै २८ विगाहाले जियो राप्ती फुटबलको उपाधि

    चितवन । प्रथम राप्ती फुटबल कप प्रतियोगिता २०७९ मा २८ विगाहा फुटबल क्लब च्याम्पियन बनेको छ ।

    images

    शुकबार पिप्ले खेल मैदानमा भएको खेलमा भरतपुर फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै २८ विगाहाले उपाधि जितेको हो ।

    खेलमा सुरुवाती अग्रता बनाएको २८ विगाहाकाे लागि सदिप केसीले २०औं मिनेटमा गाेल गरेका थिए । यस्तै उक्त अग्रता धेरैबेर टिकाउन सकेन यता भरतपुरको लागि खेलको ३१औं मिनेटमा अजित लामा गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए । 

    images

    त्यसपछि बाँकी समय दुबै टोलीबाट थप गोल नहँदा उपाधिको छिनोफानो पेनाल्टीबाट गरिएको हो ।

    उक्त जितसँगै २८ विगाहाले नगद २ लाख, ट्रफी प्राप्त गरेको छ भने उपविजेता टोली भरतपुरले नगद १ लाखसहित ट्रफीमा चित्तबुझायो ।

    यस प्रतियोगितामा १० वटा क्लब सहभागी रहेका थिए । पिप्ले युवा समाजको आयोजनामा राप्ती-१ वडा कार्यालय अगाडिको चौरमा सम्पन्न भएको हो ।

  • सम्बन्धित विषय:

  • # फुटबल