शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रदेश-१ लाई हराउँदै सुदुरपश्चिम पहिलो पटक पीएम कप च्याम्पियन

एक्सप्रेस पाना
माघ ७, २०७९ शनिबार
  • 248
    SHARES
  • प्रदेश-१ लाई हराउँदै सुदुरपश्चिम पहिलो पटक पीएम कप च्याम्पियन

    काठमाडौं । सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

    images

    शनिबार इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा भएको फाइनलमा खेलमा प्रदेश-१ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।

    सुदुरपश्चिमले पहिलो पटक पीएम कपको उपाधि उचालेको हो ।

    images

    उपाधिसँगै सुदुरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

    प्रदेश१ ले दिएको १०२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो ।

    सुदुरको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन् । कविता जोशी १९ रनमा अविजित रहिन् । डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन बनाईन् ।

    प्रदेश-१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १ विकेट लिए ।

    त्यसअघि ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ५ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट