शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लिभरपुल र चेल्सी गोलरहित बराबरीमा रोकिए

एक्सप्रेस पाना
माघ ८, २०७९ आइतबार
  • 205
    SHARES
  • लिभरपुल र चेल्सी गोलरहित बराबरीमा रोकिए

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र चेल्सी बराबरीमा रोकिएका छन् । 

    images

    शनिबार भएको खेलमा लिभरपुल र चेल्सी गोलरहित बराबरीमा रोकिएका हुन् । 

    लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हाभेर्टले गरेको गोल रेफ्रीले दिन अस्वीकार गरेका थिए । 

    images

    उक्त बराबरीसँगै लिभरपुलको १९ खेलमा २९ अंक भएको छ र लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै चेल्सीको २० खेलमा २९ अंक नै रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल